सिपसिकाई कार्यक्रमकाे सार्थक रूप

यस विद्यालयका विद्यार्थीहरूलाई गत फागुन १३ गते विभिन्न तरकारीका बिरूवाहरू वितरण गरिएकाे थियाे जुनकाे विजाराेपण पनि स्वयं विद्यार्थीहरूले गरेका थिए आज ती बिरूवाहरू माटोमा रोपिएर मात्र होइन, सपना र सिकाइको बिरुवा बनेर घरघरमा फक्रिरहेका छन् फलिरहेका छन् ।
विद्यालयका आदरणीय प्रधानाध्यापक श्री कुल प्रसाद लामिछानेज्यूको सिर्जनात्मक सोच र पहलबाट सुरु भएको यो अभियानले विद्यार्थीहरूलाई किताब बाहिरको संसारसँग जोडेको छ—जहाँ उनीहरूले माया, श्रम, धैर्यता र आत्मनिर्भरता सिकिरहेका छन्।
आज धेरै घरहरूमा विद्यार्थीहरूले रोपेका तरकारीहरू फल्न थालेका छन्। एकातर्फ विद्यार्थीहरूले व्यावहारिक ज्ञान प्राप्त गरिरहेका छन् भने अर्कातर्फ अभिभावकहरूले दैनिक खर्चमा राहत पाउनुभएकाे छ। यो देख्दा हामीलाई गर्व लाग्छ—शिक्षा यस्तो पनि हुन सक्छ भन्नेमा ढुक्क भएका छाैँ
यो अभियानमा सबै भन्दा उत्कृष्ट १० जना बालबालिकालाई वर्षे तरकारीको बीउ र मल उपहार/ पुरस्कारका रूपमा प्रदान गरिने छ।
यो अभियान हाम्रो विद्यालयको मात्र होइन, सम्पूर्ण समाजको प्रेरणाको स्रोत बन्दै जाओस् , शुभकामना
हामी सबै मिलेर सिक्दै छौं, बढ्दै छौं—हरेक बीउसँग भविष्य अंकुराउँदै छ।

Leave A Reply

Your email address will not be published. Required fields are marked *