अनाथ आश्रममा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

तिलोत्तमा-५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा डीएचएम दोस्रो र चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले अनाथ आश्रममा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका छन्।
रामचन्द्र मैनादेवी आश्रममा आश्रित बालबालिकाहरूका लागि शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिनुका साथै खाना खुवाउने कार्यक्रम गरिएको हो। डिएचएम क्लबका अध्यक्ष सुशांक पैनीको अध्यक्षता तथा प्रधानाध्यापक कुलप्रसाद लामिछानेको आतिथ्यतामा भएको कार्यक्रममा आश्रमका संस्थापक अध्यक्ष मैनादेवी भण्डारी, विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कँडेल, डीएचएम संयोजक भोजराजस्ती लगायत डीएचएम दोस्रो र चौथो सेमेस्टरका विद्यार्थीहरु सहभागी भएका थिए।
कार्यक्रमको संचालन डी एच एम क्लबका सदस्य संदेश ढुङ्गानाले गरेका थिए । आश्रममा हाल १३ जना बालबालिकाहरू आश्रित छन्।